नियम
अदालतमा रहने शाखा तथा फाँटहरू


(१) अदालतमा रहने शाखा तथा फाँटहरु अनुसूची -१ मा उल्लेख भएबमोजिम हुनेछ।

(२) अदालतमा रहने शाखा मातहतमा कार्यवोझ र कामको प्रकृति अनुसार आवश्यक सङ्ख्यामा फाँट खडा गर्न सकिनेछ।

(३) सामान्यतयाः मुद्दा फाँटमा चालू अवस्थामा रहेका दुई सय थानसम्म मुद्दाका मिसिलहरू रहनेछन्‌।

(४) प्रत्येक मुद्दा फाँटमा सामान्यतयाः फाँटवाला र दुई जनासम्म सहायक कर्मचारी रहनेछन्‌ ।

(५) मुद्दा बाहेकका अन्य फाँटमा कार्यबोझका आधारमा फाँटवाला र अन्य कर्मचारी रहनेछन्‌। तर कार्यबोझ कम भएमा एक कर्मचारीलाई एक भन्दा बढी फाँटको जिम्मेवारी तोक्न सकिनेछ।